फोन सेवा अबरुद्ध सर्वसधारण मारमा

प्रकाशित समय 9:17:00 PM
महेश प्रसाद चौधरी
सिरहा, २९ साउन । तीन दिनदेखी सिरहा सहित बिभिन्न जिल्लामा भइरहेको अविरल बर्षको कारण सिरहा, सप्तरी सहितका जनजीवन कष्टकर बन्दै गएका छन् ।
यता शुक्रबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, र स्काई मोबाइल त्यस्तै आइतबार बिहानैदेखि एन्सेलको मोबाइल सेवा अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् ।
फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल सर्भरका इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुगेपछि उपभोक्ता थप मारमा परेका छन् । फोन र मोबाइल अवरुद्ध हुँदा सूचना सम्पर्क टुट्नुका साथै इन्टरनेट अवरुद्ध हुँदा संचारक्षेत्र, बैंकिङ सेवा र पत्रकारिता क्षेत्र समस्यामा परेको छ । बिहानैदेखि मोबाइल र टेलिफोन नचल्दा सूचना सम्पर्क टुटेका बेला इन्टरनेट नचलेर थप समस्यामा पारेको संचारकर्मी एलबी यादवले बताए । फोन र मोबाइल नचल्दा के कारणले नचलेको भन्ने बुझ्न पनि समस्या परेको छ ।
संचारकर्मी यादवका अनुसार मोबाइल र नेट अवरुद्ध भएका कारण समाचार सम्प्रेषण गर्न नसकेर पत्रकारहरु समेत समस्यामा परेका छन् । ल्याण्डलाइन फोनको समस्या र  एनसेलको मोबाइल समस्याका कारण टेलिकमद्वारा सञ्चालित नमस्तेको मोबाइलबाट उपभोक्ताले काम चलाइरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »