साउनको अन्तिम साताको वाढीपछि सुनसरीमा सर्पदशंका विरामीहरुको संख्या उल्लेखिय रुपमा बढेको स्वास्थ्य केन्द्रहरुको तथ्याँकले देखाएको छ । सुनसरी जिल्ला अस्पताल इनरुवामा साउन २७ गते देखि भदौ ११ गते सम्म २७ जना सर्पदशंको उपचारका लागि आएको जानकारी दिएको छ । त्यसै गरी सामुदायिक सर्पदसं उपचार केन्द्र इटहरीमा साउन महिनामा २ सय ३७ जना र भदौ ११ गते सम्म ७७ जना पुगेका र सर्पदसंको उपचारका लागि आएकोमा २४ जनालाई विसालु सर्पले टोकेको पाइएको केन्द्रका उपाध्यक्ष राजु थापाले जानकारी दिए ।
पछिल्लो समयमा पुर्वी तराईका मानिसहरु सर्पदंश उपचारका लागि सामुदायिक सर्पदंस उपचार केन्द्र इटहरीमा उल्लेखिय रुपमा आउने गरेको केन्द्रका अध्यक्ष दिवश पोख्रेलले बताए । नेपाली सेनाको प्राविधिक सहयोग रहेको केन्द्रमा राम्रो उपचार हुने भन्दै पुर्व नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत सम्मका विरामीहरु आउने गरेको वताइएको छ ।
केन्द्रमा कहिले पनि एन्टी स्नेक भेनमको अभाव नहुने भएको कारण समेत विरामीहरुको चाप हुने गरेको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनले बाढी आएपछि संर्पदसंका विरामीहरुको संख्या बढ्ने भएकाले एन्टि स्नेक भेनम माग गरे वमोजिम आएकाले समस्या नरहेको वताए । जिल्लामा उत्तर क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा सर्पदंस बढी हुने गरेको पाइएको समेत स्वास्थ्य प्रमुख गौतमले जानकारी दिए ।
