कमला नदीको पूर्वी बाँध बचाउन सेना परिचालन

प्रकाशित समय 7:53:00 PM
गोलबजार, २ भदौ । सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा उत्तरदिशाबाट आएको कमला नदीको बहाव पूर्वी बाँधलाई कटान गर्न थाल्दा तत्कालै बाँधलाई बचाउन लङ्कगर राख्न मंगलबार देखि नेपाली सेनाको टोलीले बाँध जोगाउन खटिएको छ ।
बसविट्टा निवासीहरु नगरपालिकाबाट राहत सामग्रीहरु बाहेक अर्को सहयोग नपाएर आफै स्थानीय वडावासीहरु खालिबोरामा बालुवा भरेर बाँधको लंगर हाल्ने काम शुरु गरिसकेको छ । उक्त कार्यमा श्री शम्सेर दल गण ओखलढुगांबाट नेपाली सेनाका सेनानी अनिल कडेलको नेतृत्वमा ९० जना जवान तथा बन्दिपुर सेना क्यापका सहसेनानी राजेन्द्र श्रेष्ठको नेतृत्व ३० जना जवान गरी १ सय २० जना नेपाली सेनाले लङ्कर बनाउने काममा लागेका छन् भने स्थानीय नगरवासीहरु पनि तदारुकताका साथ कामका लागेका छन भने जानकारी स्थानीय राजनीतिक कर्मी दिनेश कुमार यादवले बताएका छन् ।
उक्त लङ्करभन्दा महत्वपूर्ण कार्य नदीको पूर्व दिशातिर भएको बहाबलाई दक्षिणतिर नर्फकाउन्जेल खतरा रहिरहने छ । जसलाई दक्षिण तिर मोडन बीच नदीको ढीस्कोलाई काटदा मात्र बहाब फेन्न सक्ने मात्र पानीको बहाब फेर्न सक्नेमा कतैबाट पहल नभएको जानकारी समेत यादबले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »