प्रहरीद्वारा ४८ लाख मुल्य वरावरको सुन वरामद

प्रकाशित समय 9:23:00 PM
हेटौडा, २९ साउन । अवैध ढंगले ल्याएको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ४८ लाख मुल्य बराबरको एक केजी सुनसहित सिरहा लहान ८ का ३६ वर्षीय नन्दकिशोर महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुराकीको आधारमा बा १२ च ६७९० नम्बरको कारलाई रातोमाटेमा चेक गर्ने क्रममा प्रहरीलाई छली भागेको थियो । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले गाडीलाई पछ्याउँदै जाँदा चुरियामाईमा पक्राउ गर्न सफल भएका थिए ।
गाडी नियन्त्रमा लिएर खानतलासी गर्ने क्रममा गाडीको सिट मुनी कार्टुन टेपले बेरेर ल्याएको १ केजी सुन प्रहरीले फेला पारेको थियो ।
प्रहरीले बरामद सुन, पक्राउ परेको व्यक्ति र कार मध्यमाञ्चल राजश्व अनुसन्धान विभाग पथलैयामा थप अनुसन्धान गरेर कारवाही गर्न पठाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »