अविरल वर्षाले सिरहाका दर्जनबढी गाउँ डुवानमा

प्रकाशित समय 9:17:00 PM
गोलबजार, २९ साउन । पछिल्लो तीन दिनदेवी परेको लागातारको वर्षाले सिरहाका दर्जनबढी गाउँहरुमा पानी पसेको छ । खोलाको पानी गाउँ पस्दा कर्जन्हा गाउँ पालिका ६ गौताडीमा दर्जनबढी घरहरु डुवानमा परेकाछन् ।
डिमा खोलाको पानी जनता नि.मा.वि. गौताडीमा पस्ता विद्यालयको कार्यालयमा रहेको सम्पूर्ण कागनपत्र भिजेर नस्ट भएको गौताडी गाउँ विकास समितिका पूर्व अध्यक्ष रामचन्द्र ठाकुरले जानकारी दिए । पानीले निकास नपाउँदा विद्यालयको कम्पाउण्ड वाल भत्काएको पनि उनले बताए । विद्यालयसँगै जोडिएको पासवान गाउँको दर्जन बढी घरहरु डुवानमा परेका छन् ।
अविरल वर्षाको पानी मिर्चैयाको घर तथा पसलहरुमा पानी पस्दा जनजीवन प्रभावित भएको छ । बर्षाले मिर्चैया थाना चौक वरपरका दर्जनबढी पसल तथा घरहरु र बजारका घर, पसल तथा गोदामहरुमा पानी पसेपछि यहाँको जनजीवन प्रभावित स्थानीय व्यवसायी अशोक साहले जानकारी दिए । उनले चुरेसम्मको पानी मिर्चैयासम्म सिधै आउने र यहाँ नालको उचित व्यवस्था नहुँदा वर्षेनी यहाँका वासिन्दाले दुःख पाउने गरेको बताए ।
वर्षाको पानी पूर्वपश्चिम राजमार्ग नाग्दै दक्षिणतर्फ बगेकाले मिर्चैया थानाचौक नजिक मूख्य सडकमै खाल्डो वनेको छ । सडकमा खाल्डो वनेपछि सवारी साधन आवगमन प्रभावित बनेको छ ।
लगातारको वर्षाका कारण बेचो खोलामा आएको वाढी कल्याणपुर नपा ४ निर्दना गाउँमा पसेको रामदुलारी माध्यमिक विद्यालयका प्रधानाध्यापक लालदेव साहले जानकारी दिए । उनले गाउँमा गाउँभित्रै पानी पसेको कारण गाउँबाट वाहिर जान र वाहिरबाट गाउँ पस्ने मानिसलाई समस्या हुने गरेको बताए । पानी निरन्तररुपमा बढेकाले स्थानीय त्रासमा रहेको जनाएको छ ।
गागन खोलाको पानी औरहीमा पसेको जिल्ला प्रमुख अधिकारी  श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । बर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुरलागातका क्षेत्रका केही घरहरुमा पानी पसेको उनले जानकारी दिए । लहान १ को मुसहर वस्तिमा पानी पसेको जनाएको छ । सिरहाको सारस्वर गाउँमा कमला नदीकोे पानी पसेको जनाएको छ । कमला नदीको दुई ठाउँबाट पानी पसेको भएपनि एक ठाउँमा बाँध बनाई सकेको र अर्को ठाउँको बाँध बनाउन नेपाली सेना र प्रहरी जाँदै गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । उनका अनुसार विभिन्न ससाना खोला तथा नदीहरुको पानी गाउँ पसेको भएपनि मानवीय क्षेत्र भने नभएको जनाएको छ ।
वर्षाको पानीले पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतर्फका  ग्रामिण सडकहरु अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »