लहान–१३ का १९ वर्षीय सरोजकुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएको हो । पीडित बालिकालाई आरोपीहरूले साउन ३२ गते सामूहिक बलात्कार गरेको किटानीसहित जाहेरी दिएको प्रहरीले जनाएको छ ।
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भदौ १ गते पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय लहानका नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए । प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार घटनालगत्तै फरार रहेका आरोपीहरुको किटानी जाहेरी परेपछि प्रहरीले खोजी तीब्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार आ.व.२०७३÷०७४ मा सिरहा जिल्लाका विभिन्न ठाउँमा गरी जबरजस्ती करणीका २६ र जबरजस्ती करणी उद्योगका ११ वटा घटना दर्ता भई मुद्दा चलिरहेको छ ।
