मिर्चैयाबाट खयरका गोलिया बोकेको पाँच ट्रक पक्राउ

प्रकाशित समय 6:00:00 PM
गोलबजार , २३ साउन । सिरहाको मिर्चैया नगरपालिकाको मिर्चैया कटारी सडक खण्डमा पर्ने फूलबरियाबाट प्रहरी र वनको संयुक्त टोलीले खयरको गोलिया बोकेको ५ ट्रक निमन्त्रणमा लिएको छ । सिन्धुलीबाट सिरहाको मिर्चैयास्थित हिमालयन काठ उधोगका लागि उक्त खयरका गोलिया ल्याउदै थियो ।
८६४ क्यूविक फिट खयरको गोलियाको स्थानान्तरण आदेश लिएर करिब १२ सय क्यूविक फिट खयर ल्याउन लागेको विशेष सुचना पाएपछि नियन्त्रणमा लिएको वन कार्यालयका अधिकृत अमरेन्द्र यादवले जानकारी दिए । राति ९ वजे नियंत्रणमा लिएको खयर गोलिया बोकेको उक्त ५ ट्रक ईलाका बन कार्यालय मिर्चैयामा राखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »