गोलबजार, ७ भदौ । सवरी संकल्प समाज गोलबजार, सिरहाले स्थानिय संगित तथा साहित्य क्षेत्रका प्रतिभाहरुलाई समाजिक सम्पतिको रुपमा ग्रहण गर्दछ । जुन समाजमा कला र संगितको संरक्षण र सम्बद्र्धन हुन्छ त्यहि समाजको एतिहासिक धरातल सदैब उच्च रहिरन्छ भन्ने उद्देश्यका साथ सवरी संकल्प समाजले क्षमता अनुभव तथा स्थानियहरुको समन्वयमा सैया पैंया परैछि जस्ता ख्यातिप्राप्त मैथिली भाषाको गिती एल्बम लगायतका गिती केशेलीहरु श्रोता समक्ष ल्याई सकेको छ । श्रोता तथा दर्शकहरुको अपार मायालाई शिरोउपर गर्दै यस समाजले पहिलो म्युजिक भिडियो ’ए कान्छी घुमाउला तिमीलाई गोलबजार शहर’ सार्वजानिक गरेको छ ।
गुरुशरण सदाको रचना रहेको उक्त गितको बोलमा संगित सुर्यनारायण सिंहको रहेको छ भने यस गितलाई शान्ति सदा र स्वय गुरुशरण सदाले स्वरबद्ध गरेका छन् । यस म्युजिक भिडियोमा मोडेलको भुमिकामा देखिएका मोनिका दाहाल, महेशचन्द्र सिंह, माया चाहार र दिनेश महराले दर्शकाको मन जित्न सफल भएका छन् । यस गितलाई छिन्नमस्ता फिल्मस टिमले राजु चौधरीको नेतृत्वमा छायाँकन कार्य सम्पन्न गरेको हो । शिवशरण सदा र राजेश सुनुवारले विशेष सहायोग गरेको यो गीती एलबमले देश तथा बिदेशमा रहेका नेपालीहरु माझ नेपाली गित तथा संगीतको नयाँ स्वाद थपेको छ ।