साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके दुवईबाट पक्राउ

प्रकाशित समय 5:29:00 PM
काठमाडौं, ५ भदौ । साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके राजनप्रसाद पन्थ पक्राउ परेका छ । प्रहरीको इन्टरपोल महाशाखाले पन्थलाई दुवईबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । सोमबार दुवईबाट काठमाडौं ल्याइएका पन्थलाई अदालतमा पेश गरिएको छ । उनले दुवईमा बसेर सुन तस्करी गर्दै आएको सिआइबीका अनुसन्धानले देखाएपछि पक्राउ गरिएको हो ।
सिआइबीले पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा अहिलेसम्म १२ जना पक्राउ परेको र २१ जना फरार रहेको देखिएको छ । २१ मध्येका एक पन्थलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »