काठमाडौं, १६ भदौ । महोत्तरीबाट स्वतन्त्र रुपमा निर्वाचित भएका सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालमा प्रवेश गरेका छन् । शुक्रबार राजपाको केन्द्रीय कार्यालय काठमाडौंमा स्वतन्त्र सांसद झा राजपामा प्रवेश गरेका हुन् । झाले राजपाकै उम्मेदबार सुरिता साहलाई झिनो मतान्तरले हराउँदै चुनाव जितेका थिए । सांसद झाको प्रवेशसँगै राजपासँग २६ सांसद भएको छ जस मध्ये जनकपुरधामबाट निर्वाचित सांसद संजय साह निलम्बनमा छन् ।