
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना१ज ३५७२ नम्बरको टाटा सुमो बिहीबार साँझ आफैँ अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धनगढीकाअनुसार सो दुर्घटनामा घाइते भएका उदयपुर कटारीका औचा लामाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । घाइते चालक उदयपुर कटारीकै विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ ।
यस्तै सिराहा नगरपालिका– २० लगडीगदियानीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विनोद ठाकुरका ६ वर्षीय छोरा शिवम् ठाकुर रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पोखरीको डिलमा खेल्दै गर्दा बिहीबार साँझ ५ बजेतिर डुबेर घाइते भएका बालकलाई सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
