जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ । तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राजपाको रहेको बताइएको छ । निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन ।
