२ नम्बर प्रदेशको २ जिल्लामा २ नगरपालिकाभित्र २ महिलाको हत्या

प्रकाशित समय 7:08:00 PM
गोलबजार , १० असोज । दुई नम्बर प्रदेशको दुई जिल्लामा दुई नगरपालिकाभित्र दुई जना महिलाको हत्या भएको छ । सिरहाको धनगढीमाई नगरपालिकामा सोमबार राति र धनुषाको विदेह नगरपालिकामा मंगलबार दुई महिलाको हत्या भएका छन् ।
सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ । स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए । हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए ।
सोमवार राती मादक पदार्थ सेवन गरी घर आएका ज्ञानेन्द्रले पत्नीसँग अनावश्यक विवाद झिकेर कुटपिटर गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फलामे डन्डी(रड) ले शरिरको विभिन्न भागमा घोचेर यातना दिएपछि मञ्जुको घरमै मृत्यु भएको तथ्य प्रहरीले घटनास्थल जाँचपडतालको क्रममा फेला पारेको छ ।
ज्ञानेन्द्र र मञ्जुबीच गत्त बैशाख महिनामा विवाह भएको थियो । ज्ञानेन्द्रको मञ्जुसँग दोस्रो विवाह हो । पहिलो पत्नीले यातना सह्ननसकी छोडेर माईती गएपछि ज्ञानेन्द्र मञ्जुसँग दोस्रो विवाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको विदेहनगरपालिका ५ मुरिबा बस्ने लक्ष्मी मण्डलका श्रीमती ३५ वर्षकी मोहिनी मण्डलको मंगलबार साँझ ७ बजे कुटपीट गरि हत्या भएको प्रहरीले जनाएको छ ।
बच्चाहरुमा झैझग्डा हुँदा देवर पर्ने रामबहादुर मण्डलले कुटपीट गरेपछि घटना स्थलमै मृत्यु भएको स्थानीयबासिन्दाले बताएको प्रहरीले जनाएको छ । कुटपीट गर्ने रामहादुर फरार भएका छन् भने प्रहरी टोली पुगेर उनको खोजी कार्य र अनुसन्धान गरि रहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । स्थानीय बासिन्दाले भने मोहिनीले भोट भनेको ठाउँमा नदिएको निहुमा बच्चाको झैभग्डाको बिचमा गएर कुटपीट गर हत्या गरेको जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »