पाँचौंपटक मन्त्रिपरिषद विस्तार

प्रकाशित समय 5:49:00 PM
काठमाडौं, २६ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री देउवालले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री भएका छन् ।
नवनियुक्त मन्त्री दीपक बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »