राजविराज नगरपालिकाको मतगणना रोकियो, सूचना टाँस गरी मतगणना स्थगन

प्रकाशित समय 7:29:00 PM
राजविराज, ७ असोज । स्थानिय तह निर्वाचन अन्तरगत सप्तरीको राजविराज नगरपालिकाको मतगणना पछिल्लो १२ घण्टादेखि रोकिएको छ । वडा नम्बर १ को मतगणना जारी नै रहँदा निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साझ सार्वजनिक गरेको मत परिणम भन्दा राति सार्वज
निक गरेको मत परिणाम कम भएपछि विवाद भएर मत गणना रोकिएको हो ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत समेत रहेका राजविराज नगरपालिकाका निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सुचना टास गरि अर्को सुचना नभए सम्मका लागि मतगणना स्थगित गरेको उल्लेख गरेका छन् । मुख्य निर्वाचन अधिकृत कोइरालाले आफुले गणना गर्न नसक्ने जवाफ दिए । ‘अब राजविराजको मत गणना गराउन म सक्दिन’ कोइरालाले भने, ‘आयोगले छुटै टोली पठाएर गणना गराओस मैले आयोगलाई भनिसकेको छु ।’
राजविराजस्थित राजनैतिक दलका प्रतिनिधीहरुले कर्मचारीको लापरवाहीका कारण गणना रोकिएको आरोप लगाएका छन् । राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिकाहरु राखिएको छ । वरपर ठुलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताको भिड लागेको छ । तर मतगणना कति बेला सुरु हुने भन्ने विषय अझै पनि अनिश्चत छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »