यति लामो अवधीका लागि आचारसंहिता लागू भएको पहिलो पटक भएको गच्छदारले बताए । ‘उम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिन अगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने चुनावका लागि अहिले नै आचार संहिता लगाउनु जायज होइन’, गच्छदारले भने,‘अहिले नै आयोगले आचारसंहिता लगाएकाले सरकारको दैनिक कामकाजमा दख्खल पुगेको छ ।’ उनले भने,‘निर्वाचन आयोगले यो विषयलाई सच्याउनुपर्छ ।’
सोमबार हुने मन्त्रिपरिषदको बैठकले तीन महिना अगावै सरकारको कामकाज नै प्रभावित हुने गरी लगाइएको आचारसंहिताबारे पुर्नबिचार गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने गच्छदारले जानकारी दिए ।
