प्रहरीका अनुसार सहनीसहित पाँचजनाको समूहले २०७३ साल फागुन १ गते सिरहाको मिर्चैयाका नेकपा माओवादी केन्द्रका स्थानीय युवा नेता मोहम्मद लालु खानलाई गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना पश्चात उनीहरु फरार भएका थिए । सहनी प्रहरीको आत्यधिक खोजीको सूचिमा थिए ।
पक्राउ परेका सहनीलाई थुनामा राखेर अनुसन्धान भइरहेको र उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैया पठाउने जिल्ला प्रहरी कार्यालय धनुषाले तयारी गरी रहेको बताएको छ ।
