‘भोट दिन मन छ तर नागरिकता छैन’

प्रकाशित समय 8:08:00 PM
सप्तरी, ३० भदौ । तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।
नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन । त्यसैले विमला भोट हाल्ने अवसरबाट वञ्चित भएकी छन् । अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको  नागरिकता बनेको छैन । नागरिकता नभएका महिलाको नाम मतदाता नामावलीमा छैन ।
उम्मेदवारहरू भोट माग्न घरदैलोमा आएपछि विमलाले नागरिकता बनाइदिन पतिसँग पटक पटक अनुरोध गरिसकेकी छन् । उनले भनिन, ‘‘बनाइदिन्छु भन्नुभएको छ तर अहिलेसम्म नागरिकता बनेको छैन ।’ मतदाता नामावलीमा नाम नभई भोट हाल्न पाइँदैन भन्ने थाहा पाएकी विमला भन्छिन, ‘‘भोटमा नाम लेखाउन नागरिकता चाहिन्छ, त्यो नै छैन ।’
‘पतिले नागरिकता बनाइदिए अर्को चुनावमा भोट हाल्ने धोको मेटाउने उनको योजना छ । ‘नाम भए त भोट हाल्थें अनि नेतालाई आफ्नो कुरा पनि राख्थें’, उनले भनिन् । ‘नेतासँग ‘गरिबलाई बस्ने घर र रोजगारी देऊ’ भनी माग्ने उनको मन छ । तीन वर्ष र डेढ वर्षका दुई बच्चा च्यापेर घर मर्र्मत गरिरहेकी १८ वर्षीया बबिताले भनिन, ‘‘भोट दिनै भएपनि पतिलाई भनेर नागरिकता बनाउँछु ।’
लौनियाका बबिता र विमला डोम समुदायका प्रतिनिधि पात्र हुन् । सप्तरीमा डोम समुदायका बहुसंख्यक महिला मतदाता नागरिकता अभावमा मताधिकार प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।
सोमनीदेवी मरिकले नागरिकता त बनाएकी छन् तर उनको पनि मतदाता नामावली नाम छैन । रोजगारीका लागि विदेश गएको छोरासँगै आफ्नो नागरिकता भएको सुनाउँदै उनले भनिन, ‘‘छोरो विदेशमा छ मेरो नागरिकता उसले कहाँ राखेको छ थाहा छैन ।’ भोट हाल्न मतदाता नामावलीमा नाम चाहिन्छ भन्ने आफूलाई थाहा नभएको भन्दै उनले भनिन, ‘‘भोट हाल्नका लागि कसैले नाम लेखाऊ भनेन ।’
डोम समुदाय सुँगुरपालन र बाँसका सामग्री बनाएर गुजारा चलाउँदै आएको छ । निर्वाचनबाट आउने प्र्र्तिनिधिले बाटोघाटो बनाइदेलान, रोजगारीमा लगाइदेलान् र आफ्नो पक्षमा पनि बोलिदेलान् भन्ने आस उनीहरूको छ । स्थानीय कमरेश मरिकले नेताहरूले गरिबका पक्षमा पनि बोल्ने आश्वासन दिएको सुनाए । ‘‘पहिला भोट देऊ, त्यसपछि तिमीलाई पनि केही गरौंला भनेका छन’, उनले भने, ‘‘गरिब मान्छेका लागि पनि कसैले बोलिदिन्छ कि ?’
तर, राजकुमार मरिक भने नेताहरूको कुरामा आश्वस्त छैनन् । ‘‘भोट माग्न त आएका छन् तर उनीहरूले हाम्रा लागि बोल्दैनन’, राजकुमारको गुनासो छ, ‘‘सबैले ठूलाकै सेवा गर्ने हुन, हाम्रा कुरा कसले सुन्छ ?’ डोम समुदायलाई सबैले हेप्ने, गाली गर्ने र हप्काउने गरेको दुःखेसो उनले गरे ।
आफूहरूमाथि अन्याय गर्नेलाई कहिल्यै कारबाही नभएको उनले बताए । उनले भने, ‘‘भोट त दिउँला, उनीहरूले हामीलाई के दिन्छन्  ? हामीलाई भनेर आएको राहत त उनीहरूले नै खान्छन् ।’ त्यस्तै छिन्नमस्ता गाउँपालिका लोखरोमकी श्यामदेवी मरिक बाढीले बस्ती डुबाएका बेला बस्तीमा कुनै नेताले मुख नदेखाए पनि अहिले भने दिनहुँ भोट माग्ने उम्मेदवारहरुको लर्को लागिरहेको बताइन् । ‘बाढीका बेला राहत लिएर कोही आएन । अहिले उनीहरू लाज नमानी आइरहेका छन, उनले भनिन, ‘‘गरिबको दुःख बुझ्ने नेतालाई भोट दिने हो ।’ सप्तरीका १८ गाउँपालिकामा छरिएर रहेका डोम समयुदाको जनसंख्या ३ हजार छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »