समुदाय–प्रहरीबीच संवाद

प्रकाशित समय 6:35:00 PM
लहान, १७ भदौ । सिरहाको बेल्हामा समुदाय–प्रहरीविच संवाद कार्यक्रम सम्पन्न भएका छन् । उक्त संवादमा साविक गाविस बेल्हा, सारश्वर र चतरीका समुदाय प्रहरी मेलमिलाप समितिका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
संवाद कार्यक्रममा बेल्हा, सारश्वर र चतरीमा हिंसा सम्बन्धी कस्ता–कस्ता घटना बढी हुने गरेको छलफल भएका थिए । छलफलबाट यहाँका गाउँहरुमा बढी जुवा, तास र रक्सीले हिंसाका घटनाहरु बढिरहेको सहभागीहरुले बताएका छन् ।
यही जुवा, तास र रक्सीले हुने हिंसाका घटनाहरुलाई न्युनिकरणका लागि विभिन्न जनचेतना सम्बन्धी कार्यक्रम गर्ने सहभागीहरुले सुनाए । महिला हिंसा, लागुऔषध सेवनका घटनाले यहाँका समुदाय चिन्तित भएको उनीहरुले बताए ।
सहभागीहरुले छनौट गरेका कार्यक्रमका लागि सर्च फर कमन ग्राउण्डको सहयोगमा पहुँच परियोजना मार्फत दलित जनकल्याण युवा कल्बले आर्थिक तथा अन्य सहयोग गर्ने सर्चका राजेश लोहनीले जानकारी गराए । दलित जनकल्याण युवा कल्बले संचालन गरेको पहुँच परियोजनाले यहाँका समुदायहरुमा नागरिक–प्रहरीविचको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग भएको स्थानीयहरुले सुनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »