धनुषाको बटेश्वरमा वरको रुख फेदमा देउता प्रकट भएको भन्दै दर्शन गर्नेको भीड

प्रकाशित समय 8:18:00 PM
जनकपुरधाम, भदौ १९ गते । धनुषाको बटेश्वर गाउँपालिका १ भूचक्रपुरको धुमासन टोलमा एउटा वरको रुख फेदमा मुर्ति आकारकै ढुंगा फेलापरेपछि हेर्नहरुको घुँइचो लागेको छ । स्थानीयबासिन्दाले भगवान महादेव प्रकट भएको भन्दै मेला र पूजापाठ आयेजन गरेका छन् ।
धुमासन गाउँभन्दा पाँच सय मिटर पूर्व चौरमा सार्वजनकि जग्गामै रहेको झण्डै पाँच दशक पुरानो वरको रुखमा मुर्ति आकारकै ढुंगा फेला परेको हो ।
गत मंगलबार सार्वजनिक कामको लागि स्थानीयबासिन्दाले वरको रुख काट्न गएका थिए । त्यसपछि त्यहाँको झारपात सरसफाई गर्दा रुखको फेदमा भित्रबाट आपरुपि निस्केको जस्तो मुर्ति आकारकै ढुंगा फेलापरेको स्थानीयबासिन्दा ईन्दल महतोले बताए । उनको अनुसार त्यस दिनदेखि मान्छेहरुले देउता प्रकट भएको भन्दै पुजाआजा गर्ने र दर्शन गर्नेहरुको घुँईचो लागने गरेको छ ।
स्थानीयबासिन्दाले त्यहाँ आईतवारदेखि सँयौको संख्यामा कलस यात्रा गर्दै तीन दीवसीय रुपमा झाकीकिर्तन र सांस्कृतिक कार्यक्रमसहितको ठुलो मेला आयोजन गरेको छ । आसपासका गाउँका मान्छेहरुसमेत पूजाआजा र दर्शनका लागि हजारौं सर्वसाधारण आउँने गरेको स्थानीय कृष्णकुमार महतोले जानकारी दिए ।
स्थानीयबासिन्दा हरिदेव महतोका अनुसार झण्डै चार दशक अघि त्यस ठाउँमा गाउँको देवता डिहबारको पूजाआजा गर्ने गरेका थिए । त्यस पश्चात चारदशकदेखि त्यहाँबाट अर्को स्थानमा देवता सारेर पुजा आजा गर्ने गरेका छन् । सार्वजनिक कामको लागि गाउँलेले रुख काट्न गएपछि मुर्ति जस्तै ढुंगा फेलापर्दा देउता उत्पति भएको भन्दै गाउँलेबासी खुसी भएको उनले बताए । अहिले त्यस स्थानको दर्शन गर्न दिनहँु हजारौ सर्वसधारणहरु आउने गरेको स्थानीयबासिन्दको भनाई छ ।
वरको रुखको एउटा पातलो हाँगा भूईदेखि माथिको हाँगामा टाँसिएको छ । जसलाई स्थानीयले धाँजाको रुपको संज्ञा दिएका छन् भने छेउमा नाग आकारको एउटा लतिसमेतमाथि सम्म छ । जसलाई नाग रुप मानेको छ ।
स्थानीयबासिन्दाले उक्त मुर्ति अकारको ढुंगालाई बाबा भुवनेश्वरनाथ महादेव नामाकरण गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »