पत्रकारिता छाडेर राजनीतिमा लागेका चौधरी वडाध्यक्षमा विजयी

प्रकाशित समय 6:38:00 PM
बारा, ५ असोज । पत्रकार महासंघ बाराको साधारण सदस्यबाट राजिनामा दिएर राजनीतिमा होमिएका मोहित चौधरीलाई सफलता मिलेको छ । प्रेस सेन्टर बाराका निवर्तमान सचिव चौधरी जीतपुर सिमरा उप–महानगरपालिकाको वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए । भर्खरै सार्वजनिक मतपरिणाम अनुसार चौधरीको प्यानलै विजयी भएको छ । चौधरीले ५ सय ८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ९० मत मत प्राप्त गरे ।  बाराको जीतपुरलाई कार्यक्षेत्र बनाएर उनी लामो समयदेखि पत्रकारितमा सक्रिय थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »