उदयपुर र भोजपुर जोड्ने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडकखण्डमा पर्दछ । त्यसैगरी उदयपुर र खोटाङ जिल्ला जोड्ने पुल गाईघाट–साउने– धाप्लाङ हुँदै दिक्तेल सडकखण्ड अन्र्तगत पर्दछ । दुवै पुलको निर्माणको जिम्मा एउटै कम्पनीले बराबरी लागतमा लिएको छ । निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभि काठमाण्डौले एउटा पुल २२ करोड २५ लाख गरी दुबै पुल ४४ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्नु पर्ने छ ।
५ स्पान भएको पुल २ सय मिटर लम्बाई र १० दशमलव ५ मिटर चौडाई रहेको निर्माण कम्पनीका ठेकेदार नारायणप्रसाद भुसालले जानकारी दिए । २०७६ साल असार २९ गते भित्र निर्माण सम्पन्न गर्न सक्ने गरी निर्माण कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ ।
कार्यक्रममा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर वलायर, पुर्व सञ्चारमन्त्री शेरधन राई, पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्का, पूर्व सहरी बिकास राज्य मन्त्री मन्जु चौधरी र खोटाङका सांसद विशाल भटटराईले सम्बोधन गरेको थियो ।
