
औरही १ र २ वडाको मतगणना हुँदासम्म सिद्धार्थ अग्रता लिएका थिए । पछि शिवजीले उनलाई पछारेर अगाडी बढे । ५ नम्वर वडाको मतपेटिका खुल्दा एकाएक सिद्धार्थ अगाडी भए र मात्र ६ मतले निर्वाचित हुन सफल भए । सिद्धार्थ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष थिए । कांग्रेसले औरही गाउँपालिकामा सुभाष यादबलाई टिकट दिएपछि मनोनयन दर्ताको दिन सिद्धार्थ रुष्ट भएर माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गरेलगत्तै माओवादीले उनलाई टिकट दिने निर्णय गरेको थियो ।
यस्तै उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सितादेवी यादब विजयी भएकी छिन । उनले २६ सय ३२ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवझरी देवी यादब २४ सय ५९ मत पाएकी छन् ।
