सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील

प्रकाशित समय 8:04:00 PM
लहान, ३० भदौ । सिरहाका १०९ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा अतिसंवेदनशील र ८४ वटा संवेदनशील रहेका छन् भने २६ वटा मतदानस्थल मात्र सामान्य अवस्थामा रहेका छन् ।
तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्च सुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उच्छशृंखल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »