आगलागीमा एकै परिवारको चारको मृत्यु

प्रकाशित समय 6:31:00 PM
विराटनगर, ५ असोज । दसैंको पहिलो दिन घटस्थापनामै मोरङको कानेपोखरीमा दुखद घटना भएको । कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा विहीबार विहान भएको आगलागीमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
५५ वर्षीय चन्द्र बहादुर राईको किराना पसल भएको दुई तले घरमा विहान ३ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट घरभित्र सुतेका चन्द्र बहादुर राई, उनका आमा ८६ वर्षीय गंगामाया राई, उनका श्रीमती ४६ वर्षीय पार्बता राई र उनका बहिनी ४४ वर्षीया बिष्णुमाया राईको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । चन्द्र पूर्व वडाअध्यक्ष हुन् ।
आगलागी विराटनगर, इटहरी र दमकबाट आएको तीनवटा दमकल, स्थानिय र प्रहरीको सहयोगमा विहान ५ बजे नियन्त्रणमा आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरको बिद्युत सर्किट सर्ट भएर आगलागी भएको हो । घरमा रहेका चारजना निद्रामा रहेकाले आगलागी भएको भाग्न पाएन् ।
जापानमा रहेका छोरा–बुहारीलाई भेट्न उतै जानुअघि दाजु र आमालाई भेट्न आएकी बहिनी विष्णुमायाको पनि आगलागीमा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको कानेपोखरी–३ हर्कपुरको यो आगलागीको घटनाले दसैंको मुखमा सबैलाई शोकमग्न बनाइदिएको छ । राईका दुई छोरा राजकुमार र छोरी रचना अध्ययनका लागि काठमाण्डौमा छन् ।
बिहिबार बिहान २ बजे आगलागी हुँदा १ करोड बढीको क्षति भएको पथरी प्रहरीले जनाएको छ । आगलागीबाट एउटा हाते ट्रयाक्टर सहित घरका सबै सामान जलेका छन । चार जनाको शव भने चिन्न नसक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनापछि परिवारको खोजी गर्ने क्रममा चारैजनाको अवशेष मात्र फेला परेको कानेपोखरी प्रहरीले जनाएको छ । छिमेकी पुर्ण कन्दङवाका अनुसार बिहान ३ बजे घरको धुरीमा धुवाँको मुस्लो देखेपछि के भएर हेर्न जाँदा सिंगो घर जलिसकेको र बाँधेका चौपायाहरु फुकाएपनि मानिसहरु बचाउन नसकेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »