बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन आमा समूह गठन

प्रकाशित समय 8:08:00 PM
रोहित कुमार मण्डल
लहान, १९ भदौ । सप्तरीको दक्षिण सिमावर्ती क्षेत्रमा रहेको बलान बिहुल नगरपालिका २ स्थित रहेको राम जानकी राष्ट्रिय प्राथमिक बिद्यालयमा सोमबार गुणस्तरीय शिक्षाको लागि समुदायसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्मपन भएको छ ।
उतm बिद्यालयका प्रधानाध्यापक प्रभानन्द गोइतको सभाअध्यक्षतामा भएको सो एक दिने अन्तरक्रिया कार्यक्रममा स्थानिय महिला अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको सबल नेपालका सामुदायिक परिचालिका बिना यादवले जानकारी दिए ।
स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सबल नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला शिक्षा कार्यालय राजबिराज सप्तरीको समन्वयमा भएको उतm अन्तरक्रिया कार्यक्रमको सहजिकरण आयोजक संस्थाका फिल्ड अधिकृत निर बहादुर आलेले गरेका थिए भने उतm बिद्यालयका प्रधानाध्यापक प्रभानन्द गोइतको अध्यक्षतामा बालबालिकाहरुलाई नियमित पठन पाठनका लागि बिद्यालय पठाउन सात जना रहने गरी आमा समूह समेत गठन गरेका छन् । आमा समूहमा क्रमशः शिव देवी साह, सरिता देवी राम, पार्वती राम,लिलादेवी साह लगायतका रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »