विश्वकर्मा पूजाको तयारी पुरा आज विश्वकर्मा पूजा मनाइँदै

प्रकाशित समय 6:29:00 PM
सिरहा, ३१ भदौ । शील्पका देउता भगवान विश्वकर्माको पूजा भव्यताका साथ सिरहामा मनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । असोज १ गते विश्वकर्मा पूजा मिथिलाञ्चल सहित देशैभरि मनाईदैछ ।
सिरहाका उद्योग, कलकारखाना, सुनचाँदी व्यवसायी र शिल्पकारहरुले विश्वकर्मा भगवानको माटोको प्रतिमानै स्थापना गरि पुजा गर्ने गर्दछन् । विशेषगरी यहाँको सोनारपट्टीमा विश्वकर्मा पुजा भव्य हुने गर्दछ । प्रतिवर्ष सुनचाँदी व्यवसायी संघको अगुवाईमै विश्वकर्मा पुजाको आयोजना गर्ने गरिन्छ ।
भगवानहरुको शिल्पकारको रुपमा मान्यता पाएका विश्वकर्माको पुजाआजा गरियो भने औजार, मेशिन र सवारी साधनहरुमो बढोत्तरी हुने जनविश्वास छ । यस पुजाको लागि लहानका मुर्तिकारहरुले माटोको प्रतिमाहरु बनाएर तयार गरिसकेको र आज (आइतबार) विहानै पुजा गर्नेहरुले मुर्ति लग्ने मुर्तिकार रामलोचन पंडितले बताए । यसपलि असोज २ को निर्वाचनका कारण विश्वकर्मा पूजाको लागि बढि मुर्तिको डिमान्ड नआएको पंडितले सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »