सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस विजयी

प्रकाशित समय 9:19:00 PM
लहान, ५ असोज । सिरहाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन् ।
कांग्रेसका अध्यक्ष उम्मेदवार यादवले फोरमका अध्यक्ष उम्मेदवार यादवलाई ७ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विश्वमोहनले २८ सय ८३ मत प्राप्त गरेका छन् भने शिवउद्गारले २१ सय १४ मत हासिल गरे । यसैगरी, उपाध्यक्षमा कांग्रेसकी शोभा कुमारी यादवले नेकपा एमालेकी संगीता कुमारी यादवलाई ३ सय ८९ मत अन्तरले पराजित गरेकी छन् । शोभाले २३ सय ७७ मत प्राप्त गरेकी छन् भने संगीताले १९ सय ८८ मत हासिल गरिन् । यहाँ कूल ६९ सय २ खसेको सदर मत थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »