गौर नपामा संघीय समाजवादी फोरम र कांग्रेसबिच गठबन्धन

प्रकाशित समय 7:15:00 PM
रौतहट, २७ भदौ । रौतहटको गौर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबिच तालमेल भएको खुलेको छ । गौरको मेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी उम्मेदवारी परेको छैन । नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरिय बैठकमा निकै छलफल भएपछि एक अर्कालाई मेयर र उपमेयर पदमा सघाउने तालमेल भएको हो ।
संघीय समाजवादी फोरम नेपालबाट मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादव र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार वीरबहादुर साहलाई सघाउने गरी दुई पार्टी बिच गौर नगरमा गठबन्धन भएको हो । मेयर उपमेयर उम्मेदवारद्वय यादव र साहले सोमबार गौरमा भएको पत्रकार सम्मेलनमा नगरको बृहत्तर हितका लागि गठबन्धन भएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »