सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने : अध्यक्ष यादव

प्रकाशित समय 6:28:00 PM
महोत्तरी, १६ भदौ । मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएको छ । शुक्रबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको हो ।
अध्यक्ष यादवले संविधानमा मधेशीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरूले आन्दोलनको अर्को रूपस्वरूप चुनावी मैदानमा उत्रिनुपरेको बताए । एक अर्को प्रशंगमा उनले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन भने ।
त्यस अवसरमा नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादवसहित अन्य पार्टी परित्याग गरेका करिब पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले उनीहरूलाई स्वागत गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »