‘सई हुँ’ भन्दै प्रहरी जवानले निर्दोष युवकलाई निर्घात कुटे

प्रकाशित समय 6:24:00 PM
उदयपुर, १६ भदौ । उदयपुरमा एक प्रहरी जवानले २० वर्षीय युवकमाथि निर्घात कुटपीट गरेका छन् । बिहीबार राति ९ः३० बजेको समयमा सदरमुकाम गाईघाटतर्फ आउँदै गरेका खोटाङ दिपु्रङ गाउँपालिका ५ छितापोखरीका २० वर्षीय प्रदिप खड्कामाथि नगर प्रहरी कार्यालय गाईघाटमा कार्यरत प्रहरी जवान प्रकाश झाले कुटपीट गरेका हुन् ।
‘सइ हुँ भन्दै कुटे,’ जिल्ला अस्पताल उदयपुरमा भर्ना भएका गम्भीर घाइते खड्काको भनाई उद्धत गर्दै उनका आफन्त दीपक बस्नेतले बताए । बस्नेतका अनुसार शुक्रबार दिउँसोबाट मात्रै खड्काले बोल्न थालेका हुन् । ‘‘बाहिरी घाउ नभएपनि भित्री असर भएको चिकित्सकले बताएका छन् । टाउको उठाउन र बोल्न सकेको छैन । आँखा पनि हेर्दैन, बस्नेतले भने । खड्का त्रि
युगा नगरपालिका–२ स्थित कर्णदिप पशु तथा कृषि फारमका कर्मचारी हुन् । फारममा काम सकेर गाईघाट आउने क्रममा मेन चौकमा आइपुगेका खड्कालाई झाले कुटपीट गरेको बिरामीका आफन्त बस्नेतले बताए  । घटनाको यथार्थ विवरण अझै खुलेको छैन ।
घटना लुकाउने प्रयास  
जिल्ला प्रहरी प्रहरी प्रमुख (सइ) बुद्धी चेमाङले भने नगर प्रहरीबाट त्यस्तो केही नभएको बताए । उनले प्रकाश झा नाम गरको व्यक्ति नगरमा कार्यरत नरहेको दाबी गरे । तर चेक–जाँचका क्रममा विवाद भएको भने उनले स्वीकारे ।  तर प्रहरीले घटना लुकाउन खोजेपनि प्रकाश झा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी जवान हुन् ।
घटनालगत्तै जिल्ला अस्पताल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले यस विषयमा छानविन भइरहेको बताए ।‘प्रहरीले कुटेको भन्ने छ, यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने,‘ ‘भोलि दिपकजीसँग बसेर छलफल गर्ने तयारीमा गरेका छौं ।’ शुक्रबार उदयपुर जिल्लाका इन्सेक प्रतिनिधि तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काको नेतृत्वमा अस्पताल पुगेको पत्रकार तथा मानवअधिकारकर्मीहरुको टोलीले घाइते प्रदीप खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »