सिरहामा शान्तिपूर्ण रुपमा मतनदान सम्पन्न

प्रकाशित समय 7:51:00 PM
सिरहा, २ असोज । तेस्रो चरण अन्तर्गत २ नम्वर प्रदेश अन्तर्गत सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाको आठ नगरपालिका र ९ गाउँपालिकामा रहेको तीन लाख ३२ हजार ८ सय ९५ मदतामध्ये ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत अमृत वहादुर बस्नेतले जानकारी दिए । केही ठाउँको मत परिणाम आउन अझै बाँकी रहेकाले केही प्रतिशत अझै बढ्ने बस्नेतले जनाए । उनले भने, ‘सवैठाउँको मतदान प्रकृया सकिसकेको र वेलुका भएकाले मतपेटिकाहरु संकलन गर्नु पर्ने भएकाले केही ठाउँको मत परिणाम आउन अझै बाँकी छ, अहिलेसम्म ६५ प्रतिशत मत खसेको आएको छ, यसमा केही बड्न सक्छ ।’
जिल्लामा सवैभन्दा बढी भगवानपुर गाउँ पालीका ३ स्थित श्री आधारभुत विद्यालय गैरसा मतदान स्थलमा ८३.५५ प्रतिशत मत खसेको प्रमुख अधिकृत बस्नेतले जानकारी दिए । सिरहाको २ सय २१ मतदानस्थल अन्तर्गत ४ सय ३१ म्तदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको जनाएको छ । सवै मतदानस्थलको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेपछि दलिए प्रतिनिधिसँगको छलफल पछि आजै रातीबाट मतगणणा सुरु गरिने प्रमख बस्नेतले जानकारी दिए ।
जस्तो सुकै अवस्था आएपनि भोली मंगलबार विहानबाट भने सवै मदतगणणा सुरु गरिने बस्नेतले बताए । जिल्लाको १७ स्थानीय निकायको एक सय ६४ वडाको ४ हजार ६ सय ५५ उम्मेदवार निर्वाचनमा विड्दैछन् । जसमध्ये मेयर÷प्रमुखमा २ सय ४६, उपमेयर÷उपप्रमुखमा १ सय २८, वडा अध्यक्षमा ९ सय ८२,  सदस्य १ हजार ६ सय ६५, महिला सदस्यमा ८ सय १८, दलित महिला सदस्यमा ८ सय १६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयसँग इजाजत नलिई चलाएका २ सय ८३ सवारी साधन नियन्त्रण लिएको छ, भने फर्जि मत खसाल्न खोज्ने एक दर्जन  जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिएकोछ । सिरहामा छिटफुट बाहेक सवै मतदान स्थलमा ७ वजे नै मतदन सुरु भएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »