तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार रामबाबु दासको पक्षमा १ हजार ७४० मत परेको छ । अमरेशले बलरा नगरपालिकाको चुनावलाई प्रतिष्ठाको विषय बनाएका थिए । बलरामा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्ताबीच पटक–पटक विवादसमेत हुने गरेको थियो ।
निर्वाचनको अघिल्लो दिन असोज एक गते राती राजपा कार्यकर्ताहरुमाथि अमरेशका अंगरक्षकले गोली समेत चलाउँदा स्थिति तनावपूर्ण बनेको थियो ।
