आवश्यक परे मन्त्रिपरिषद फेरि बिस्तार हुन्छ, आचारसंहिता उल्लंघन भएको छैन ः प्रम देउवा

प्रकाशित समय 7:11:00 PM
मोरङ, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तार गरेर सरकारले आचारसंहिताको उल्लंघन नगरेको दाबी गरेको छ । प्रदेश नम्बर २ का स्थानीय तहमा आउँदो असोज २ गते हुने चुनावको प्रचार प्रसारका लागि जाने क्रममा मंगलबार बिहान विराटनगरमा प्रधानमन्त्री देउवाले सबैको चित्त बुझाउनक लागि मन्त्रिपरिषद बिस्तार गरेको र आवश्यकताको आधारमा अझै मन्त्री थपिन सक्ने बताए । मन्त्रिपरिषद बिस्तार गरेर सरकारले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोप लागिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । सरकारको  हाटखुट्टा बाँधेर आचार संहिता लगाएर निर्वाचन आयोगले पनि अप्ठ्यारो पार्न नहुने उनको भनाई छ । निर्वाचन आयोगसँग सल्लाह गरेर नै काम गरिरहेको उनले बताए । उनले मन्त्रिपरिषद बिस्तारको निर्णय अब फिर्ता नहुने स्पष्ट पारे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »