रातु पुलमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन सहज

प्रकाशित समय 7:23:00 PM
जनकपुर, २७ भदौ । पूर्व पश्चिम राजमार्गमा पर्ने रातु खोलाको भाँसिएको पुलमा बेलीब्रिज जडान गरेपछि सवारीसाधन अवागमन सहज भएको छ । महोत्तरी र धनुषाको बिचमा पर्ने रातु खोलाको पुल गत साउन २८ गते आएको भिसन बाढीले भाँसिएपछि सवारीसाधन चलाउन रोक लगाइएको थियो ।
पुल भाँसिएपछि ८ दिन लगाएर सडक विभागले ३५ मिटर लामो बेलीब्रिज जडान गरी पुलबाट सवारी साधन गुड्न थालेको हो । अहिले हलुका जडान गरिएको बेलिब्रिज ईन्जिनियरिंग हिँसाबले मिले अथवा नमिलको जाँच्न दुई दिन हलुका गाडी मात्र चल्न दिने र त्यस पश्चात ठुला सवारीसाधान सञ्चालनमा ल्याउने ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले जानकारी बताउनुभयो ।
पुल भाँसिएपछि सवारीसाधन खोलाबाटै चल्दै आएको छ । भने बाढी आउँदा पुलको दुवै तर्फ संयौं सवारीसाधान जाम लाग्दै आएको छ । गत आईतवार खोलामा अत्यधिक बाढी आएर डाईभर्सन बगाउँदा चार दिनसम्म यातायात अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »