
कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११र५९९ नम्बरको नागरिकतामा जयराम कुनवर रहेको छ भने २०६० बैशाख १४ गते लिइएको नागरिकतामा ९६७३ नं. नागरिकतामा जयराम कुवँर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो पटक जयराम कुनवर थरले बनाइएको नागरिकतालाई खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । प्रजिअले एउटै व्यक्तिको दुईवटा नागरिकता भेटिएपछि पछिल्लो पटक एमाले उम्मेदवार कुनवरको नागरिकता खारेज गरिएको बताए ।

मनोनयन पत्र दर्ता गराउनमा नागरिकता अनिवार्य रहनु पर्ने नियम रहेको भएपनि कुनवरको नागरिकता खारेजले उनको उम्मेदवारीको बारेमा निर्वाचन आयोगसँग राय सल्लाह लिएर कारवाही गरिने उनले बताए । निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट आयोगलाई लिखित जानकारी आएपछि उम्मेदवारको उम्मेदवारीको सम्बन्धमा कानुन अनुसार उचित निर्णय लिईने जानकारी गराए ।
निर्वाचन कार्यक्रमको दावी बिरोध पेश गर्ने दिन कुवरले दोहोर नागरीकता लिएको उजुरी नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले गरेका थिए । उनले किर्ते गरेर दुई पटकगरी दुई वटा छुट्टाछुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै काँग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए ।
उम्मेदवारी दर्ता गर्दा कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११÷५९९ नम्बरको नागरिकताको २०६८ बैशाख २९ गते निकालेको नागरिकता प्रतिलिपी पेश गरेका थिए । एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले निजगढ ४ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता राजनितिक रिसइबी साँध्नको लागि चुनावको मुखमा आएर खारेज गरिएको बताए ।
