अवैध ढुंगा, गिट्टी निकासी गर्ने २३ वटा ट्रयाक्टर प्रहरी कब्जामा

प्रकाशित समय 7:13:00 PM
उदयपुर, ६ असोज । अवैध रुपमा ढुंगा गिट्टी, बालुवा निकासी गर्ने २३ वटा ट्रक्याक्टर प्रहरीको कब्जामा परेका छन् । जिल्ला प्रहरीले कार्यालय सदरमुकाम गाईघाट नजिकका खोलानालाबाट अवैध रुपमा ढुंगा गिट्टी, बालुवा ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीका अनुसार १ असोजदेखि निरन्तर रुपमा विभिन्न खोलाहरुबाट बालुवा, गिट्टी, ढुंगा निकाली ढुवानी गर्ने ट्रयाक्टरमाथि निगरानी बढाएको छ ।
‘जिल्ला समन्यवय समिति उदयपुरले ठेक्का लगाएर तोकिएको मितिमा कुनै सम्झौता नगरी रसिद नदिई आपूm खुसी रकम लिई बलुवा गिट्टी र ढुंगाको निकासा गराउने ट्रयाक्टहरु पक्राउ परेका हुन,’ उनले भने, ‘जिससको पहलमा अवैध रुपमा बलुवा गिट्टी र ढुंगा ल्याउने ट्रयाक्टहरुलाई कानुनअनुसार कारबाही हुनेछ  । यसैक्रममा प्रहरीका अनुसार बोल्न नसक्ने (लाटी) महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लालपत्ता प्रहरीले गएको बिहीबार पक्राउ त्रियुगा नगरपालिका ३ का २५ वर्षे राजेश बिक  पक्राउ परेका हुन् । डिएसपी मेघराज अधिकारीका त्रिनपा ६ स्थित गाईघाट लालपत्ता सडकनजिक चुरे जंगलमा जलजलेबाट ललापत्ता तर्फ पैदल जादै गरेको नामथर वतन नखुलेकी जानकारी आएपछि प्रहरीले खोजेर पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »