महोत्तरी, ३० भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको चुनाव विथोल्ने गतिविधिमा सलंग्न नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताए ।
लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाएको र यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक कठायतले बताए ।