आयोगले निर्धारण गरेको १६५ निर्वाचन क्षेत्रमध्ये ५१ प्रतिशत जनसंख्या रहेको मधेशमा ७८ वटा क्षेत्र मात्र छुटयाइएको दावी राजपा नेपालले गरेको छ । छुट्याइएको क्षेत्रमा प्रतिनिधित्वको हिसावले ४७.२७ प्रतिशत रहेको दावी गरिएको छ ।
हाल निर्धारण गरिएको क्षेत्र अनुसार मधेशमा पाँचवटा निर्वाचन क्षेत्र घटाउने कार्य भएको राजपा नेपालका संयोजक महन्थ ठाकुरले दावी गरेका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सविधान विपरित जनसँख्या र भूगोलको सन्तुलन नमिलाएको आरोप लगाउँदै मधेशी बाहुल्य क्षेत्रलाई टुक्राटुक्रा गरी गैरमधेशी क्षेत्रमा मिलाएको आरोप लगाएका छन् ।
