विद्युत्त प्राधिकरण र जनकपुरका युवाबीच ६ बुँदे सहमति

प्रकाशित समय 6:02:00 PM
जनकपुर, १८ भदौ । विद्युत्त प्राधिकरण र जनकपुरका युवा अगुवाहरुबीच ६ बुँदे सम्झौता भएपछि आइतबार हुने भनिएको चक्काजाम स्थगित भएको छ ।
जनकपुरका युवा अगुवा सरोज मिश्रको अगुवाई हुने भनिएको विरोध सहितको चक्काजामका कार्यक्रमहरु स्थगित गरेर विद्युत्त प्राधिकरण जनकपुरका प्रमुख सुर्यनारायण मण्डल वार्तामा आउन आग्रह गरेपछि उक्त कार्यक्रम स्थगित गरिएको मिश्रले बताए । जनकपुरको माछाबजारमा रहेको ट्रान्सफर्मर तत्कालै नयाँ लगाउने, वकील टोलमा रहेको ट्रान्सफर्मर समेत परिवर्तन गर्ने सहितको ६ बुँदे लिखित सहमति भएपछि तत्कालका लागि विरोधका कार्यक्रमहरु स्थगन गरिएको युवा अगुवा मिश्रको भनाई रहेको छ ।
माछाबजारस्थित प्राधिकरण लगाएको ट्रान्सफर्मर पटक पटक खराब भएर काम नलाग्ने भएपनि प्राधारिकरणको लापरबाहीका यहाँका स्थानीयहरु जोखिम मोल्न बाध्य हुनुपरेको थियो । ट्रान्सफर्मरमा आगलगी भएर कतिपय पशुचौपायाको मृत्यु समेत भईसकेको छ । ट्रान्सफर्मर बिग्रेर भोल्टेज एक्कासी घटबढ हुने समस्याले कतिपय स्थानीयको विद्युत्तीय सामग्रीहरु बिग्रेको स्थानीयहरुको गुनासो रहेको छ ।
यसैबीच विद्युत्त प्राधिकरण जनकपुर शाखाले बिना सूचना विद्युत्त कटौती गरेपछि शनिबार जनकपुरधामका अधिकांश सञ्चार संस्थाहरु बन्द भएका थिए । प्राधिकरण जनकपुर शाखाको यस्ता लापरबाहीको विरोध विभिन्न तबरबाट भएपनि हालसम्म सुधार हुन नसकेको युवा अभियन्ता दीपेन्द्र साहले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »