सिरहाको भगवानपुर गाउँपालिकामा फोरम विजयी

प्रकाशित समय 9:20:00 PM
गोलबजार, ५ असोज । सिरहाको भगवानपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार बेचनप्रसाद यादव ८५ मतअन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उग्रनारायण यादवलाई पराजित गरेको छ ।
बेचनले ३ हजार ५८ मत प्राप्त गरेका छन् भने उग्रनारायणले २९ सय ७३ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सीतादेवी यादवले निकटतम प्रतिस्पर्धी  नेकपा एमालेबाट उपाध्य उम्मेदवार विन्ददेवी यादवलाई ९९ मतअन्तरले पराजित गरेकी छन् । सीताले ३ हजार १६ मत प्राप्त गरेकि छिन भने विन्दाले २९ सय १७ मत ल्याएकी छन् ।
यहाँ कूल खसेको सदर मत ७ हजार ९ सय ४४ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »