कांग्रेस दुई, माओवादी तीन, संघीय फोरम दुई वडामा विजयी

प्रकाशित समय 7:54:00 PM
सिरहा, ३ असोज । तेस्रो चरण अन्तर्गतको स्थानीय तह चुनावको मतगणना भइरहँदा प्रारम्भिक परिणाम आउने क्रम पनि जारी छ । सिरहामा कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम, राष्ट्रिय जनतापार्टी नेपालले वडाहरुमा जितेका छन् ।
लहान नगरपालिका वडानम्बर २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सीयाराम यादवसहित प्यानल नै विजयी भएका छन् त्यस्तै सिरहा को कलयाणपुर न.पा.वाडा नम्बर–१२ मा नेपाली काँग्रेस का रामदेब यादव को पाइनल सहित बिजय भएको हुन् ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ र ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् । १ नम्वर वडामा मोहन केसीको प्यानल विजयी भएको हो ।  ३ नम्वर वडामा अध्यक्ष कपलेश्वर यादव विजयी भएको छ । सबै सदस्यहरु भने नेकपा एमालेका विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।
त्यसैगरी अर्नमा गाउँपालिका १ बाट पनि माओवादी केन्द्रका वडाअध्यक्ष गफार मियाँको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
यसैगरी सिरहाको भवगवानपुर वडा नम्बर १ र औरही गाउँपालिका १ बाट संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्ष पदका उम्मेदवारहरु क्रमशः बद्रीनारायण यादव र सुरैतलाल यादवको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । कल्याणपुर नगारपालिकाको १ बाट राजपाका जयराम कामती र २ नम्वर वडाबाट विन्देश्वर मुखिया वडाअध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी, धनगढीमाई नगरपालिका १ मा नेकपा एमालेका सूर्यनारायण महतो विजयी भएको छ । कर्जन्हा नगरपालिका २ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अहिलेसम्म जिल्लाका सवै स्थानीय तहको मतगणना प्रकृया शान्तिपूर्ण ढंगले चलिरहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताए । उनले विभिन्न कारणले सवै ठाउँको मत परिणामहरु समयमा आउन नसकिरहेको जनाए ।
त्यस्तै महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ । बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् । हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »