चुनाव प्रचारमा हिडेका राजपा कार्यकर्ताको हत्या

प्रकाशित समय 7:22:00 PM
गौर, २७ भदौ  । चुनाव प्रचार प्रसारमा हिडेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक जना कार्यकर्ताको गोली हानी हत्या गरिएको जनाइएको छ । रौतहटको मौलापुर गाउँपालिका प्रमुख उम्मेदबार रविन्द्र कुमार पटेलका भतिज १५ वर्षीय बलविर पटेलको हत्या भएको छ ।
तर स्थानीय सञ्चारकर्मीहरुले गोली प्रहार नभएको बताएका छन् । उनीहरुले ट्याक्टरमा आइरहँदा कुटपिट गरी हत्या गरिएको बताएका छन् । प्रमुख उम्मेदबार रविन्द्रका दाई राजेन्द्र पटेल पुरा परिवारसहित चुनाव प्रचारप्रसारमा हिडेका थिए । सोही क्रममा उनका छोरा बलविरमाथि माओवादी कार्यकर्ताहरुले आक्रमण गर्दा मृत्यु भएको राजपाले जनाएको छ ।
राजपाले मंगलबार साँझ जारी गरेको विज्ञप्ती अनुसार माओवादी कार्यकर्ताहरुले पटेलको हत्या गरेको जनाएको छ । राजपा प्रवक्ता सन्तोष मेहताले जारी गरेको विज्ञप्तीमा घटनाको छानविनसहित पीडितलाई क्षतिपुर्ति र दोषीलाई कारवाहीको माग गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »