राजविराज, २७ भदौ । तेस्रो चरणको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले चुनावी आमसभा मंगलबार सप्तरीको राजविराजवाट सुरु हुँदैछ । मंगलबार दिउँसो राजविराजमा आयोजित कांग्रेसको चुनावी सभालाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री विमलेन्द्र निधि र प्रचार प्रसार समिति संयोजक रमेश लेखकलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैबीच बिहान कांग्रेसको मिडिया सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक रमेश लेखकले नेपाली कांग्रेसले संविधानलाई सर्वस्वीकार्य बनाउन लागेको बताए । उनले तेस्रो चरणको स्थानीय तहको निर्वाचन चुनावमात्र नभई जनमतसंग्रह नै भएको बताए ।