संघ–संस्थाद्वारा विद्यालयलाई राहत

प्रकाशित समय 6:46:00 PM
लहान, १७ भदौ  । बाढीबाट प्रभावित भएकाहरु मध्ये सिरहामा १३ वटा सामुदायिक विद्यालयलाई विभिन्न संघ–संस्थाले राहत सामग्री सहयोग गरेका छन् । युरोपियन युनियन तथा सर्च फर कमन ग्राउण्डको सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसी नेपाल) र गोगो फाउण्डेशनले संचालन गरेको ‘हाम्रो शिक्षा’ परियोजना मार्फत राहत सामग्री वितरण गरिएका छन् । १३ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई शिक्षा कार्यालय सिरहामा भेला शिक्षा अधिकारी महेन्द्र महतोको हातबाट वितरण गराएका थिए । राहत स्वरुप किताब, खेलकुदका सामान तथा प्राथमिक उपचारका सामग्री सहयोग गरेको सर्च फर कमन ग्राउण्डका राजेश लोहनीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »