उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ । शनिबार साँझ करिब ७ बजे ती किशोरी घरमा एक्लै रहेको मौका छोपी नगवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मौर्यले जबरजस्ती करणी गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
किशोरीको मुख थुनेर जबरजस्ती करण गरिरहेको अवस्थामा छिमेकीले देखेका थिए । त्यसपछि स्थानीयले ती प्रहरी जवानलाई नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका थिए । पक्राउ परेका प्रहरी जवानमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।
