रातु नदीमा बेलिब्रिज बनाउन सुरु

प्रकाशित समय 6:21:00 PM
महोत्तरी, १८ भदौ । गएको साउन २८ गते आएको बाढीले पुल भासिएपछि महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीमा बेलिब्रिज लगाउने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय धनुषाको प्राविधिक सहयोगमा यो पुलमा बेलिब्रिज निर्माण कार्य सुरु भएको हो ।
रातु नदीको पुल भाँसिएपछि यो पुलबाट साना गाडी चले पनि ठुला र मझौला सवारीसधान डाइभर्सनबाट चल्दै आएका थिए । महोत्तरीका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक पाखेरेलले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार पाँच दिनसम्म पुलबाट कुनै सवारीसधान संचालनमा आउने छैनन् ।
वैकल्पिक मार्गको रुपमा ढल्केवर– जनकपुर–जलेश्वर–औरही–बर्दिबासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आग्रह गरेको छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »