
तराईको जिल्लाहरुको दक्षिणी भागमा तालमेल नभए पनि पूर्व कोशीदेखि पश्चिम पर्सासम्मको राजमार्ग केन्द्रित क्षेत्रमा तालमेल भन्ने हुन सक्छ । ‘मधेसको उत्तरी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग वरपरका बजार क्षेत्रमा नेकपा एमाले तुलनात्मक रुपमा बलियो मानिन्छ । आइतबार धनुषाको सबैला नगरपालिकाको पटेर्वामा आयोजित कार्यक्रममा नेता गजुरेलले मधेसको माग संविधान संशोधन मार्फत पूरा गराउन खोज्दा एमालेले बाधा र्पुयाएर संशोधन हुन नसकेको बताए ।
मधेसको एजेण्डा माओवादी केन्द्रले जनयुद्धकालबाटै लिएर अघि बढेको बताउदै उनले केही मधेस विरोधी शक्तिका कारण मधेसको मागहरु अझै पुरा हुन नसकेको र अब माओवादी केन्द्रले नै पुरा गर्ने दावी गरे ।
