मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन्: ‘भोटको कुरा गर्दै नगर्नुस्’

प्रकाशित समय 5:51:00 PM
नेत्र पन्थी÷एसके यादव
रौतहट, २६ । सर्लाहीको मलङ्कवा नगरपालिकाको वडा नम्बर ४ मा रहेको मिकरानी टोलमा मेयरमा तीन उम्मेद्वार छन् भने एक उपमेयरका उम्मेद्वार छन् । यही कारण यो टोलमा चुनावको निकै ठूलो तामझाम छ । उम्मेद्वारका घरमा भीडभाड छ । गाडीको लावालस्कर देखिन्छ । जहाँत्यहीँ झण्डैझण्डा टाँगिएका छन् । तर, यही टोलमा एउटा यस्तो परिवार छ, जसलाई स्थानीय तहको चुनावसँग कुनै सरोकार छैन । यो परिवार चुनाव नजिकै आउँदा पनि असोज २ गते भोट हाल्ने वा नहाल्ने भन्नेमा अहिलेसम्म द्विविधामै छ ।
हो, हामी त्यस्तो परिवारको कुरा गरिरहेका छौँ, जसले मधेश आन्दोलनमा परिवारको सदस्य गुमायो । २०६४ को पहिलो मधेश आन्दोलनमा आफ्नो छोरा गुमाएका अब्दुल वहाब मिकरानीको परिवारलाई चुनावले छोएकै छैन । अब्दुलका छोरा आशिक अली मिकरानी मधेश आन्दोलनमा मारिँदा मात्र १६ वर्षका थिए । हामी शहीद आशिकको घरपुगेर परिचय गर्दागर्दै उनकी आमा रौशन आराको आँखाबाट आँसु रसाउन थालेका थिए । छोरा गुमाएको ११ बर्ष भयो । तर, आमा बुवाले हरेक दिन आशिकलाई सम्झेका छन् ।
मधेश आन्दोलनसँग जोडिएको परिवार भएकाले अब्दुलको परिवार तराई–मधेशमा हुने राजनतिक घटनाक्रम र चुनावसँग टाढा हुने कुरा भएन । त्यही कारण यो परिवारले स्थानीय तहको चुनावमा कुनै न कुनै पदमा उम्मेद्वारी दिने मन बनाएको थियो । तर, कुनै पनि दल उनको घरमा पुगेन । शहीद परिवारको चुनावबारे इच्छा जान्ने मन कसैले गरेन ।
शहीद आशिकका बुवा अब्दुलले भने, ‘पार्टीले सोधेको भए, मलङ्कवामा मेयरको उम्मेद्वारी दिने मन थियो । परिवारका सदस्य मध्ये केही न केही पदमा लड्न चाहेका थियौँ । तर, सोध्न कोही आएन ।’
यही कुरा आशिककी आमा रौशनले पनि गुनासो गरिन् । ‘चुनावको टिकटवारे कसैले केही सोधेनन् । सोधेको भए चुनाव लड्थौँ ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »