भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

प्रकाशित समय 8:01:00 PM
काठमाडौँ, ३ असोज । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले शनिबार जाँच गर्दा भन्सार छलेर ल्याएको सामानसहित चालक काभ्रेका रवीन्द्रप्रसाद महजु र सहचालक भक्तपुरका श्यामसुन्दर नकर्मीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासँग दुई हजार ३२६ थान सुटका कपडा र १० थान हाते झोला बरामद गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । बरामद कपडासहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »